अष्ट्रेलियाद्वारा भारतलाई ३९० रनकाे विशाल लक्ष्य

160

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई विशाल लक्ष्य दिएको छ । पूर्वकप्तान स्टेभन स्मिथको शतकीय पारीको मद्धतमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको हो ।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेटकाे क्षतिमा ३ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टेभन स्मिथले शतक प्रहार गरे । भारतविरुद्धको सिरिजमा लगातार दोस्रो शतक बनाउने क्रममा स्मिथले ६४ बलमा २ छक्का र १४ चौकाको सहयोगमा १ सय ४ रन बनाए ।

पहिलो विकेटका लागि दोस्रो खेलमा पनि शतकीय साझेदारी गरेका आरोन फिन्च र डेविड वार्नरले अर्धशतक बनाए । भारतविरुद्ध एकै खेलमा शीर्ष क्रममा चार खेलाडीले २०१३ पछि पहिलो पटक ५० रन बढीको पारी खेलेका हुन् । वार्नरले ८३, मर्नुस लबुसचेनले ७० र आरोन फिन्चले ६० को योगदान दिए ।

यस्तै, ग्लेन म्याक्सवेल र मोइजेस हेनरिक्स क्रमशः ६३ र २ नटआउट रहे ।

भारतका जसप्रीत बुम्राह, माेमम्मद शामी र हार्दिक पाण्ड्याले एक-एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...