सुनको मूल्य प्रतितोला ६ सयले घट्यो : कति पुग्याे हेर्नुस्

213

काठमाडौं । स्थानीय बजारमा आइतबार पहेंलो धातुको मूल्य प्रतितोला रु ६ सयले ओरालो लागको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९० हजार ७ सयमा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९० हजार २ सयमा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै चाँदी आइतबार प्रतितोला रु एक हजार १ सय ५० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु एक हजार १ सय ६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आइतबार चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...