ब्राउन सुगरसहित सुनसरी र झापाबाट ६ जना पक्राउ

146

विराटनगर । सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।

शनिबार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० का ३१ वर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान-३ का २६ वर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिबार राति सवा ७ बजे लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-४ डाँगीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भद्रपुर-४ का १९ वर्षीय पुष्कर थापा, भद्रपुर-५ का २६ वर्षीय मदन विक, हल्दिवारी गाउँपालिका-१ का लोकेन्द्र गुरागाईँ र भद्रपुर नगरपालिका-४ का २१ वर्षीय राजन माझीलाई ७ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...