न्युजिल्यान्डद्वारा वेष्ट इन्डिजलाई २३९ रनको विशाल लक्ष्य

136

एजेन्सी । न्युजिल्यान्डले दोस्रो टी२० मा वेष्ट इन्डिजसामू विशाल चूनौति पेस गरेको छ । ग्लेन फिलिप्सको शतकीय पारीको मद्धतमा न्युजिल्यान्डले २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

बे ओभलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली न्युजिल्यान्डले निधारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो ।

ग्लेन फिलिप्सले न्युजिल्यान्डका लागि टी२० क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्दै टोलीलाई विशाल योगफल बनाउन सहयोग पुर्याए । उनले ४६ बलमा शतक बनाएका थिए । ५१ बल खेलेका फिलिप्सले ८ छक्का र १० चौकाको मद्धतमा आउट हुनअघि १ सय ८ रन बनाएका थिए ।

मध्यम सुरुवात गरेका न्युजिल्यान्डका लागि टिम सेफर्ड र मार्टिन गुप्टिलले पावरप्लेमा ४९ रन जोडेका थिए । गुप्टिल ३४ तथा सेफर्ड १८ रनमा आउट भए । यस्तै, डेभोन कोनवे ६५ रनमा अविजित रहे ।

यसअघिको पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...