उपत्यकामा ६४५ सहित देशभर थप १,३८० जनामा काेराेन संक्रमण

152

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ८० नयाँ संक्रमित थपिएका छन् । नौ हजार ३ सय ६८ नमूना परीक्षण गर्दा ८ सय ३४ पुरुष र ५ सय ४६ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर एकमा १ सय ९५, प्रदेश नम्बर दुईमा ३७, बागमतीमा ७ सय ४७, गण्डकीमा २ सय २१, लुम्बिनीमा १ सय ७१, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा आठ जनामा संक्रमण देखिएको छ । गत २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ६० पुरुष र २ सय ८५ महिला गरी ६ सय ४५ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या दुई लाख ३० हजार ७ सय २३ पुगेको छ । संक्रमितमध्ये दुई लाख ११ हजार १ सय ८६ संक्रमणमुक्त भएका छन् । जुन ९१.५ प्रतिशत हो । शनिबार ५ सय १५ जना कोरोनामुक्त भएका छन् ।

१८ हजार ८३ सक्रिय संक्रमितमध्ये १२ हजार ५ सय ४६ होम आइसोलेनसमा रहेका छन् भने ३ सय २५ आइसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत छन् । काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रुपन्देहीमा ५ सयबढी सक्रिय संक्रमित छन् भने मनाङ र डोल्पामा संक्रमित छैनन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट १९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४ सय ५४ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...