महिला बिग बासको उपाधि सिड्नी थन्डर्सलाई

180

एजेन्सी । छैटाैं महिला बिग बास लिग (बिबिएल) को उपाधि सिड्नी थन्डर्सले जितेको छ । शनिबार भएको फाइनलमा सिड्नीले मेलबर्न स्टार्सलाई ७ विकेटले पराजित गर्दै बिबिएलमा दोस्रो पटक च्याम्पियन बनेको हो ।

मेलबर्नले दिएको ८७ रनको सामान्य रनको लक्ष्य सिड्नीले १३.४ ओभरमा भेट्टाउँदै उपाधि रक्षा गरेको हो । मेलबर्नको जितमा हेथर नाइटले २६, राहेल ट्रेनमेनले २३, राहेल हेनेसले २१ तथा टमी ब्युमोन्टले १६ रनको योगदान दिइन् ।

यसअघि, सिड्नीमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको मेलबर्नले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रन बनाएको थियो । मेलबर्नका क्याथरिन ब्रन्टले २२, अन्नाबेल सदरल्यान्डले २०, मेग ल्यानिङले १३ तथा ाताली साइवरले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सेमिफाइनलमा सिड्नीले ब्रिसबेन हिटलाई १२ रन तथा मेलबर्नले पर्थ स्कोर्चर्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...