स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न सभामुखको आह्वान

103

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रको सुदृढीकरण र संघीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गरेका छन् ।

संघीय संसद् सचिवालयद्वारा आयोजित ‘संघीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया समापन समारोहमा उनले कानून निर्माणलगायतका विषयमा अधिकतम सहयोग गरी दिशा निर्देशन गर्न उनले आग्रह गरेका हुन् ।

संसद्लाई जीवन्त तुल्याउँदै जनमुखी र व्यावहारिक कानून निर्माण गर्न सुुझाव दिँदै सभामुख सापकोटाले भने, “सभामुुख र उपसभामुख पद विवादमा नआउने समन्वयकारी भएकाले तटस्थ र निष्पक्ष हुनुपर्छ, प्रदेशको पहिचान स्थापित गर्ने अहिले ठूलो अवसर र चुनौती छ, राम्रो काम गरेर इतिहास रच्ने अवसरको सदुुपयोग होस् ।”

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेट बनाउँदा वार्षिकरुपमा मन्त्रालयगत सीमा तोक्ने पुरानो परिपाटी व्यावहारिक नदेखिएकाले त्यसमा पुनःविचार गरी आवश्यकता र औचित्यका आधारमा बजेट निर्धारण गर्न सुझाव दिए ।

उनले भने, “संसद्ले रुलिङ गरेको विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ, संसदीय मूल्यमान्यता र जवाफदेहीताको सम्मान गर्न आवश्यक छ, सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैँ निर्धारण गर्नुपर्छ ।” रासस

Share This:
सम्बन्धित खबर
Loading...