‘कृषकका गुनासा हट्न समय लाग्छ’ : कृषिमन्त्री भुसाल

236

चितवन । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताएका छन् । सञ्चारकर्मीसँग शनिबार यहाँ कुराकानी गर्दै उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए ।

उनले भने, “कृषकका गुनासा हट्न समय लाग्छ । कृषक र उपभोक्ताबीचको दूरी कम हुँदा ठूला समस्याको सामाधान हुन्छ ।” कृषि क्षेत्रमा आधुनिकीकरणको सुरुवात भइसकेको जनाउँदै उनले यस क्षेत्रको भविष्य राम्रो रहेको बताए ।

फरक प्रसङ्गमा कृषिमन्त्री भुषालले सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रणका लागि काम गरिरहेको जानकारी दिए । उनले भने, “कसको रिपोर्ट के आउँछ भन्ने अर्को कुरा हो । मुलुकप्रति जिम्मेवार सरकारले भ्रष्टाचार र विसङ्गतिलाई नियन्त्रण गर्नुपर्छ ।”

उनले पार्टीभित्रको विवादलाई विधिभित्र राखेर समाधान गर्ने जानकारी दिए । पार्टी दुवै अध्यक्षलाई विधिभित्र राखेर समस्या समाधान गर्ने प्रयासमा दोस्रो तहका नेतासँगै सिङ्गो पार्टी रहेको उनको भनाइ थियो । उनले भने, “पार्टी एउटा घर हो । तपाई हाम्रो घरभित्र समस्यारहित छैन । त्यस्तै हो यो । विवाद मिलाउँदै जानुपर्छ ।” ठूलो पार्टीभित्र विवाद हुनु स्वभाविक भएको उनको जिकिर थियो ।

Share This:
सम्बन्धित खबर
Loading...