दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डकाे सहज जित

165

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धकाे पहिलाे टी-२० मा इंग्ल्यान्ड विजयी भएकाे छ । शुक्रबार सम्पन्न खेलमा घरेलु टाेली दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै तीन खेलकाे सिरिजमा १-० काे अग्रता लिएकाे छ ।

दक्षिण अफ्रिकाले दिएकाे १ सय ८० रनकाे लक्ष्य पाहुना टाेली इंग्ल्यान्डले चार बल बाँकी रहँदा पुरा गर्याे । इंग्ल्यान्डकाे जितमा जाेनी बेइस्ट्राेले नटआउट ८६ रनकाे पारी खेले । उनले ४८ बलमा ४ छक्का र ९ चाैकाकाे सहयाेगमा उक्त रन बनाए ।

यसैगरी, बेन स्ट्राेक्सले ३७, डेविड मलानले १९ तथा कप्तान इयान माेर्गानले १२ रनकाे याेगदान दिए ।

यसअघि, केप टाउनमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे घरेलु टाेलीले निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १ सय ७९ रन बनाएकाे थियाे ।  दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले ५८, भान डेर डसेनले ३७, क्वुइन्टन डि ककले ३०, हेनरिच क्लासिनले २० रन बनाएका थिए ।

इंग्ल्यान्डका साम कुरानले ३, जाेफ्रा आर्चर, टाेम कुरान र क्रिस जाेर्डनले समान एक-एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...