न्युजिल्यान्डद्वारा वेष्ट इन्डिज पाँच विकेटले पराजित

223

एजेन्सी । वेष्ट इन्डिजविरुद्धको पहिलो टी-२० मा न्युजिल्यान्ड पाँच विकेटले विजयी विजयी भएको छ । १ सय ७६ रनलको लक्ष्य पच्छाएको न्युजिल्यान्डले ४ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पुरा गर्दै तीन खेलको टी-२० सिरिजमा १-० को अग्रता लिएको छ ।

वेष्ट इन्डिजले ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएपनि वषा अवरुद्ध बनाएको खेललाई १६ ओभरमा छोट्याइएको थियो । जसमा न्युजिल्यान्डले १६ ओभरमा १ सय ७६ रनको लक्ष्य पाएको थियो ।

न्युजिल्यान्डको जितमा जेम्स निसम र मिचेल सान्टनरले नटआउट ४८ तथा ३१ रनको योगदान दिए । यस्तै, डेभोन कोन्वेले ४१, ग्लेन फिलिप्सले २२ तथा टिम सेफर्डले १७ रनको पारी खेले ।

यता करोन पोलार्डल ३७ बलमा ८ छक्का र ४ चौकासहित ७५ रन बनाउँदा वेष्ट इनिडजले ठूलो लक्ष्य दिएको थियो । यस्तै, आन्द्रे फ्लेचरले ३४, फावियन एलेनले ३० तथा ब्रानडन किङले १३ रन बनाएका थिए ।

न्युजिल्यान्डका लक्की फर्गुसनले ५ तथा टिम साउथीले २ विकेट हात पारे ।

Share This:
सम्बन्धित खबर
Loading...