फिन्च र स्मिथको शतकीय पारीमा अष्ट्रेलियाद्वारा भारतलाई ३७५ रनको विशाल लक्ष्य

152

काठमाडौं । अष्ट्रेलिया र भारतबीच तीन खेलको एकदिवसीय सिरिज आज (शुक्रबार) देखि सुरु भएको छ । पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले कप्तान आरोन फिन्च र स्टेभन स्मिथको शतकीय पारीको मद्धतमा भारतलाई ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो । अष्ट्रेलियाका फिन्च र स्मिथले शतकीय योगदान दिए ।

अष्ट्रेलियाका लागि राम्रो सुरुवात गरेका कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि १ सय ५६ रनको शतकीय पारी खेले । आउट हुन अघि वार्नरले ६९ रन बनाए । यस्तै, फिन्चले १ सय १४ रनको पारी खेले । एकदिवसीय क्रिकेटमा १७औं शतक प्रहार गर्ने क्रममा फिन्चले १ सय २४ बलमा २ छक्का र ९ चौका हिर्काएका थिए ।

पूर्वकप्तान स्टेभन स्मिथले पनि प्रतिबन्धपछिको पहिलो एकदिवसीय खेलमै शतक प्रहार गरेका छन् । ६६ बल खेलेका स्मिथले ४ छक्का र ११ चौकाको सहयोगमा १ सय ५ रन बनाएर मोहम्मद शामीको बलमा बोल्ड आउट भए ।

यस्तै, आक्रामक पारी खेलेका ग्लेन म्याक्सवेलले १९ बलमा ३ छक्का र ५ चौकाको मद्धतमा ४५ रन बनाउँदै आउट भए । मर्कूस स्टोइनिस शून्य तथा मर्नुस लबुसचेन २ रनमा आउट भए । यसैगरी, एलेक्स क्यारी र प्याट कमिन्स १७ र १ रनमा नटआउट रहे ।

भारतका मोहम्मद शामीले ३, जसप्रीत बुम्राह, नवदीप शैनी र युजवेन्द्र चाहलले समान एक-एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...