तीन लाख २५ हजार नगदसहित ७ जना जुवाडे पक्राउ

137

मोरङ । मोरङको उर्लाबारी नगरपालिका-९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ६ बजे ३ लाख २५ हजार १ सय ५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-९ का ४८ वर्षीय बाबुराम कार्की, २८ वर्षीय डम्बर बहादुर लिम्बू, उर्लाबारी नगरपालिका-८ का २६ वर्षीय बिमल डाँगी, २७ वर्षीय दिवान मगर, ३२ वर्षीय गोविन्द पुरी, उर्लाबारी नगरपालिका-३ का ४२ वर्षीय विष्णु राउत र केपिलासगढी गाउँपालिका-५ खोटाङका ६७ वर्षीय कुबिरमान तामाङ रहेका छन् ।

पक्राउ परेका सातै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...