प्रदेशसभा सदस्यको दसैं भत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

123

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दसैं भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।

कांग्रेसको तर्फबाट बागमती प्रदेशमा प्रतिनिधित्व गरेकी रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले दसैँ भत्तावापत पाउने रु ५२ हजार २ सयका दरले दुई जनाको एकमुष्ट रु एक लाख चार हजार ४ सय हस्तान्तरण गरे ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दसैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ ।

यसअघि कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दसैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसकेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...