गण्डकीमा बिहीबार थप ७४ जना संक्रमित : दुई जनाको मृत्यु

119

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१३ का ६६ वर्षीय र लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया महिला छन् ।

अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कूल संक्रमितको सङ्ख्या ११ हजार ५ सय ५३ छ भने छ हजार ७ सय ४० जना निको भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...