नागरिकलाई केन्द्रविन्दुमा राखेर नतिजामुलक सेवा प्रवाह गर्नू : प्रदेश प्रहरी प्रमुख अर्याल 

224

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक घनश्याल अर्यालले समयको परिवर्तनसँगै आम नागरिकमा प्रहरी प्रतिको अपेक्षामा समेत वृद्धि भइरहेकाले प्रहरी संगठनले अंगिकार गरेका नीति नियम तथा कार्य/योजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्दै आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतिजामुखी प्रहरी सेवा प्रवाहमा जोड दिनुपर्ने बताएका छन् ।

गण्डकी प्रदेश मातहतका प्रहरी कार्यालयहरुको निरिक्षण एवं अवलोकनका क्रममा बिहीबार जिल्ला प्रहरी कार्यालय स्याङजामा प्रहरी कर्मचारिहरुलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

साथै व्यवसायिक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनले अंगिकार गरेका उदेश्यहरु पुरा हुने बताउदै हरेक प्रहरी कर्मचारीहरु दिन प्रतिदिन आफूलाई परिष्कृत गर्दै आचरणयुक्त प्रहरी कर्मचारिका रुपमा आफूलाई स्थापित गर्दै लैजानुको विकल्प नरहेको समेत बताए ।

सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय स्याङ्याजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रहरी नायव महानिरीक्षक अर्याललाई समग्र जिल्ला अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन , अपराध अनुसन्धान लगायतका विषयमा जानकारी गराएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...