राष्ट्रिय क्रिकेट टोलीका कप्तानसहित ४ जनालाई कोरोना संक्रमण

98

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान र उपकप्तानसहति चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रतिहरुमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडल र ग्राउन्ड स्टाफ प्रदीप लामा रहेका छन् ।

कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना भाइरस पोजेटिभ भएको जानकारी गराएका छन् ।

मंगलबार बन्द प्रशिक्षणमा बोलाइएका २२ खेलाडीमध्ये १६ जनाको पिसिआर परिक्षण गरिएको थियो । बुधबार पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको हो ।

मंगलबार क्यानले टियु क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...