कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४ लाखभन्दा बढी : संक्रमितको संख्या ६ करोड नाघ्यो

132

पेरिस, एएफपी । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख भन्दा बढीको मृत्यु भएको एएपपी समाचार समितिले बुधबार जानकारी दिएको छ ।

गत वर्षको डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड संक्रमित भइसकेका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वमा सबभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिका हालसम्म २ लाख ६५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकामा १ करोड २९ लाख ५८ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि भारत दोस्रो स्थानमा रहेको छ । भारतमा ९२ लाख भन्दा बढी कोरोना भाइरस संक्रिमित भएका छन् । एक लाख ३४ हजार ७ सय ७९ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।

ब्राजिलमा ६१ लाख २१ हजार ४ सय ४९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ७० हजार १ सय ७९ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । मेक्सिकोमा यस भाइरसका कारण १ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १० लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ५५ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ भने १५ लाख ३८ हजार ७ सय ९४ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६ सय ३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...