प्रहरी नायव महानिरीक्षक अर्यालद्धारा मुस्ताङका प्रहरी कार्यालयहरुको निरीक्षण

158

गण्डकी । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले मंगलबार गते हिमाल पारिको जिल्ला मुस्ताङ अन्तर्गतको ईलाका प्रहरी कार्यालय लेतेको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई नागरिकमैत्री प्रहरी सेवा प्रवाहको विषयमा निर्देशन सम्बोधन समेत गरेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण एवं अवलोकन साथै प्रहरी कर्मचारीहरुको भावना एवं गुनासाहरुलाई उचित सम्बोधन गर्दै प्रहरी सेवाप्रति उनिहरुलाई थप उत्प्रेरित गरि नेपाल प्रहरी संगठनको मुलभुत उदेश्य पुर्ति हुन सहयोग गर्ने अभिप्रायले प्रहरी नायव महानिरीक्षक अर्यालद्धारा उक्त निरीक्षण सम्पन्न भएको हो ।

निरीक्षणका क्रममा ईलाका प्रहरी कार्यालय लेते पुगेका प्रहरी नायव महानिरीक्षक अर्यालले कार्यालयको निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै मुस्ताङ आफैमा पर्यटकिय गन्तव्य भएकाले विश्वका विभिन्न स्थानबाट आउने पर्यटकहरुको सुरक्षा एवं उनिहरुको जिज्ञासाहरुलाई सम्बोधन गर्दै सुरक्षाको प्रत्याभुती दिलाउनु कार्यरत प्रहरी कर्मचारीहरुको पहिलो कर्तव्य भएको बताए ।

साथै वर्तमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गरि प्रहरी सेवा प्रवाह गर्दै त्यस क्षेत्रको शान्ति सुरक्षाका सवालमा सदैव संवेदनशिल हुन निर्देशनसमेत दिए ।

सोहि दिन प्रहरी नायव महानिरीक्षक अर्यालद्धारा निर्माणाधिन अवस्थामा रहेको प्रहरी चौकी घाँसा मुस्ताङको प्रहरी भवनसमेत निरीक्षण तथा अवलोकन सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीको समेत सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...