मोरङ । मोरङ मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ वर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियारसहित पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सोमबार दिउसो सवा ३ बजे पक्राउ गरेको हो ।
श्रेष्ठले आफ्नै घरमा हतियार लुकाइछिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५ सय ग्राम बारुद समेत फेला पारी बरामद गरेको हो ।
हतियारसहित पक्राउ परेका श्रेष्ठ उपर हातहतियार खरखजना मुद्दामा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।