कपिल देवले चुने एकदिवसीय बेस्ट इलावेन : काे-काे परे हेर्नुस्

218

एजेन्सी । भारतीय क्रिकेट टिमलाई पहिलाे विश्वकपकाे उपाधि दिलाउने कप्तान कपिल देवले कपिल इलावेन चुनेका छन् । एकदिवसीय टिमकाे चयन गर्दै कपिलले भने, “काेहि खेलाडीले महेन्द्र सिंह धाेनीकाे स्थान लिन सक्दैन ।”

कपिल देवकाे कप्तानीमा भारतले पहिलाे पटक १९८३ मा भारतले विश्वकप जितेकाे थियाे भने धाेनीकाे कप्तानीमा भारतमा भएकाे २०११ काे विश्वकपकाे उपाधि २८ वर्षपछि जितेकाे थियाे ।

कपिलले धाेनीसँगै भारतीय स्टार खेलाडिलाई उनकाे टाेलीमा समावेश गरेका छन् । जसमा उनले सचिन तेन्दुल्कर, राहुल ड्रबिड, वीरेन्द्र सहवाग, युवराज सिंह, जाहिर खानलाई समावेश गरेका छन् । यस्तै उनले हालका भारतीय टाेलीकाे कप्तान विराट काेहलीलाई पनि आफ्नाे टाेलीमा राखेका छन् ।

साथै उनले फास्ट बलरमा जाहिर खान, श्रीनाथ तथा जसप्रीत बुम्राह तथा स्पिनरमा अनिल कुम्बले र हरभजन सिंहलाई स्थान दिएका छन् ।

कपिल देवका प्लेइङ्ग इलावेन
सचिन तेन्दुल्कर, वीरेन्द्र सहवाग, विराट कोहली, राहुल ड्रबिड, युवराज सिंह, महेन्द्र सिंह धोनी, अनिल कुम्बले, हरभजन सिंह, जाहिर खान, श्रीनाथ, जसप्रीत बुम्राह

Share This:
सम्बन्धित खबर
Loading...