लागुऔषधसहित तनहुँबाट एक पक्राउ

127

तनहुँ । ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका–६ ढुङ्गागाडे घर भएका हेडडिम भन्ने ३१ वर्षीय पूर्णबहादुर दमै रहेको छ । शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शङ्का लागि शरीरको तलासी गर्दा उनले पछाडि बोकेको झोलाभित्र प्लास्टिकले पोका पारी लुकाइछिपाई राखेको अवस्थामा १ सय १७ थान लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार फेला परेका लागुऔषधमा डाइजोपम ३९, नुरफिन ३९ र फिनारगन ३९ थान रहेका छन् ।

पक्राउ परेका दमैलाई सोमबारनै तनहुँ जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...