आज सुनको मूल्य ३ सयले वृद्धि, तोलामा कति पुग्यो हेर्नुस् ?

211

काठमाडौं । स्थानीय बजारमासुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु ३ सयले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकामा आइतबार रु ९४ हजार ३ सय पुगेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ९३ हजार ५ सयमा कारोवार भएकामा आइतबार रु ९३ हजार ८ सयमा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार २ सय १० मा कारोवार भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...