प्रदेश सरकार सञ्चार क्षेत्रलाई सहयोग गर्न तयार छ : मुख्यमन्त्री पौडेल

181

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकार सञ्चार क्षेत्रलाई हरतरहले सहयोग गर्न तयार रहेको बताएका छन् ।

हेटौंडाबाट प्रसारित पहिलो स्याटेलाइट टेलिभिजन नेसनल गोल्ड एचडीलाई शनिबार शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले सरकार र सञ्चार क्षेत्रबीच हार्दिकतासहितको सम्बन्ध रहनुपर्ने धारणा राखे । “मिडिया र सरकार हार्दिकताका साथ अगाडि बढ्ने हो भने हामीले चाहेका धेरै कुराहरु पूरा गर्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले भने ।

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रियस्तरका सञ्चारमाध्यम स्थापना हुनु आफैँमा राम्रो भएको उनको भनाइ थियो । “प्रदेश राजधानी हेटौंडाबाट सञ्चालित सञ्चारमाध्यमले बागमती प्रदेशसहित सिङ्गो नेपालका विविध विषयवस्तु उजागर गरेर देशको प्रतिनिधित्व गर्न सकोस्”, मुख्यमन्त्री पौडेलले भने ।

Share This:
सम्बन्धित खबर
Loading...