कटुवा पेस्तोलसहित सिरहाबाट युवक पक्राउ

186

लहान । प्रहरीले शनिबार सिरहाको औरहीबाट कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका ५ निवासी रवीन दास रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासका साथबाट एक थान सानो पेस्तोल र दुई थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

स्थानीयवासी विनोद यादवलाई गोली हानी हत्या गर्ने योजना बनाएको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छठपर्व मनाउन घाट पुगेका दासलाई हतियारसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

पक्राउ परेका दासमाथि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको प्रहरीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...