पछिल्लो २४ घन्टामा देशभर थप १,९४५ जनामा संक्रमण

106

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ४५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३ सय ४० जनाको स्वास्थ्य परीक्षण गर्दा ७ सय ४० महिला र एक हजार २ सय ५ पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको छ । पछिल्लो समय थप पाँच हजार ३ सय ६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या पनि एक लाख ९९ हजार दुई पुगेको छ । निको हुने दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २४ हजार ६ सय ६५ सक्रिय संक्रमित छन् । यो कूल संक्रमितको ११.४ प्रतिशत हो । देशभर ७ सय ५३ जना क्वारेन्टिनमा र १९ हजार १४ होम आइसोलेसनमा छन् । संक्रमितमध्ये ४ सय ३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप २२ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २ सय ९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा एक हजार १०७ थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार १ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्ममा काठमाडौंमा एक हजार ६ सय ८१, ललितपुरमा दुई हजार २ सय २८ र भक्तपुरमा ७ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्ममा काठमाडौं उपत्यकाकै सबैभन्दा बढी काठमाडौंमा ३ सय १६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशका १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत छन् भने एक मात्र जिल्ला मनाङ संक्रमणमुक्त रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...