पछिल्लो २४ घन्टामा २,१०३ जनामा संक्रमण पुष्टि : देशभर २८,१०६ सक्रिय संक्रमित

168

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार १ सय ३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ८ सय ५ जनाको स्वास्थ्य परीक्षण गर्दा ८ सय ६४ महिला र एक हजार २३९ पुरुष गरी उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ । पछिल्लो समय थप दुई हजार ८ सय ५८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या एक लाख ८५ हजार ६ सय ३८ पुगेको छ । निको हुने दर ८६ दशमलब तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर २८ हजार १ सय ६ सक्रिय संक्रमित छन् । देशभर ७ सय १७ जना क्वारेन्टिनमा र २५ हजार ३ सय ४७ होम आइसोलेसनमा छन् । संक्रमितमध्ये ३८० जनाको सघन उपचार कक्ष र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म १६ लाख ३३ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ ।

थप १७ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २ सय ७६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा एक हजार ३९८ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार २ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ५ सय १३ महिला र ७ सय १६ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौंमा १२ हजार ४ सय ४१, ललितपुरमा दुई हजार २ सय ४४ र भक्तपुरमा ९ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म काठमाडौं उपत्यकाकै सबैभन्दा बढी काठमाडौं ३ सय १२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...