लाहाेरलाई हराउँदै कराँची किङ्सले पहिलाे पटक जित्याे पिएसएलकाे उपाधि

153

एजेन्सी । पाकिस्तान सुपर लिग (पिएसएल) काे उपाधि कराँची किङ्सले जितेकाे छ । पिएसएलकाे पहिलाे उपाधि जित्नेक्रममा कराँचीले लाहाेर क्वालान्दर्सलाई पाँच विकेटले पराजित गरेकाे हाे ।

१ सय ३५ रनकाे सामान्य लक्ष्य पछ्याएकाे कराँचीले १८.४ ओभरमा पुरा गर्दै उपाधिमा कब्जा जमाएकाे थियाे । कराँचीकाे जितमा पाकिस्तानका बाबर आजमले सर्वाधिक ६३ रनकाे याेगदान दिए । ४९ बल खेलेका आजमले ४ चाैकाकाे मद्धतमा नटआउट ६३ रन बनाएका थिए ।

यसैगरी, चाडविक वाल्टनले २२, शर्जिल खानले १३ तथा एलेक्स हेल्सले ११ रनकाे पारी खेले ।

यसअघि नेसनल स्टेडियम कराँचीमा टस जितेर पहिले ब्याटिङमा उत्रिएकाे लाहाेरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएकाे थियाे । लाहाेरका तामिम इक्बालले ३५, फखर जमामले २७, साेहेल अख्तर र डेविड विसले समान १४/१४ तथा शहीन अफ्रिदीले १२ रन जाेडेका थिए ।

लाहाेरलाई कम स्काेरमा राेक्ने क्रममा कराँचीका उम्मेद आसिफ, अस्राद मक्सूद र वकास मकसूदले समान २-२ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...