परीक्षण कम भएसँगै संक्रमितको संख्या घट्यो : ८४ दशमलव ८ प्रतिशत कोरोना मुक्त

177

काठमाडौं । पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस संक्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार १ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २ जनामा संक्रमण देखिएको छ । तीमध्ये २ सय ४ जना महिला र २ सय ९८ जना पुरुष रहेका छन् ।

सोमबार ४ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ९७ जनामा संक्रमण देखिएको थियो । नयाँ संक्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४ सय ७५ जना कोरोना पोजेटिभ भएका छन् । यस्तै ३० हजार ९ सय ८६ सक्रिय संक्रमित रहेका छन् ।

आज देखिएका संक्रमितमध्ये ३ सय ३९ जना उपत्यकाका छन् । तिमध्ये १ सय ४६ जना महिला र १ सय ९३ जना पुरुष छन् । प्रदेश नम्बर १ मा आठ, प्रदेश नम्बर २ मा २७, बागमती प्रदेशमा ३ सय ८०, गण्डकीमा १८ लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा संक्रमण देखिएको छ ।

यस्तै संक्रमितमध्ये ३ सय १८ जना सघन उपचार कक्ष (आइसियू)मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसियूमा प्रदेश नम्बर १ मा ४३, प्रदेश नम्बर २ मा १६, बागमती प्रदेशमा १सय ३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन् । भेन्टिलेटरमा प्रदेश नम्बर १ मा सात, प्रदेश नम्बर २ मा दुई, बागमती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन् ।

२,८७८ निको
त्यस्तै मंगलबार २ हजार ८ सय ७८ जना संक्रमित निको भई घर फर्किएका छन । अहिलेसम्म एक लाख ७९ हजार २ सय ४२ जना निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ ।

१७ को निधन
मंगलबार कोभिड–१९ को संक्रमणबाट १७ जनाको निधन भएको छ । अहिलेसम्म एक हजार २ सय ४७ जनाको निधन भएको छ । यस्तै २८ हजार २ सय ७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन् ।

शुन्य सङ्क्रमित भएको जिल्ला मनाङ छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन् ।

Share This:
सम्बन्धित खबर
Loading...