वेष्ट इन्डिजविरुद्धको टी-२० र टेष्ट सिरिजका लागि न्युजिल्यन्ड टोलीको घोषण

238

एजेन्सी । वेष्ट इन्डिजविरुद्धको सिरिजका लागि न्युजिल्यन्डले टोलीको घोषण गरेको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले टिम साउथीको कप्तानीमा १३ सदस्यीय टोलीको गरेको हो ।

टी-२०का लागि पहिलो पटक डेवन कन्वे टोलीमा परेका छन् भने टेष्ट टोलीका कप्तान केन विलियम्सनलाई समावेस गरिएको छैन ।

यस्तै, आक्रामक ब्याट्सम्यान कोलिन मुनरो पनि टोलीमा रहेका छैनन् । उनी बिग बास खेल्ने भएका कारण खेल्न नसक्ने भएका हुन् ।

यसैगरी, केन विलियम्सनको कप्तानीमा टेष्ट टोलीको पनि घोषण गरिएको छ । टोलीमा विलियम्सनका साथै ट्रेन्ट बोल्ट, कोलिन डि ग्रान्डहोम तथा अजाज पटेलले पनि टेष्ट टिममा पुनरागमन जनाएका छन् ।

न्युजिल्यान्डले २७, २९ र ३० नोभेम्बरमा गरी ३ टी-२० खेल्नेछ भने डिसेम्बर ३-७ र ११-१५ डिसेम्बरमा दुई टेष्ट खेल्नेछ ।

टी२० टोली
टिम साउथी (कप्तान) हमिश बेनेट, डेवन कन्वे, लक्की फर्गुसन, मार्टिन गुप्टिल, काइल जेमिसन, डेरिल मिचेल, जिम्मी नीसम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, इश सोधी, टिम सेफर्ड, रोस टेलर

टेष्ट टोली
केन विलियम्सन (कप्तान) टोम ब्लन्डेल, ट्रेन्ट बोल्ट, कोलिन डि ग्रान्डहोम, काइल जेमिसन, टोम लाथम, हेन्री निकोल्स, अजाज पटेल, टिम साउथी, रोस टेलर, नील वेग्नर, बिजे वाट्लिङ, विल योङ्ग

Share This:
सम्बन्धित खबर
Loading...