बेलायतका प्रधानमन्त्री बोरिस जोनसन एकान्ताबासमा

274

एजेन्सी । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन संसद सदस्यहरुसंगको बैठक लगत्तै आइसोलेसनमा गएका छन् ।

कोरोना संक्रमित ब्यक्तिसँगको सम्पर्कमा आएका कारण एकान्तबासमा गएको उनले बताएका हुन् ।

प्रधानमन्त्री जोनसनले ट्विट गर्दै यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री जोनसनका प्रवक्ताले जनाए अनुसार आइतबार राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले प्रधानमन्त्री जोनसनलाई कारोना संक्रमित ब्यक्तिको सम्पर्कमा आएको जानकारी गराएको थियो ।

प्रधानमन्त्री जोनसन बिहीबार बिहान डाउनिङ स्ट्रिटमा ली एन्डर्सनसहितका सांसदहरुको सानो समूहसँग ब्रेकफास्ट मिटिङमा सहभागी भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...