पछिल्लो २४ घन्टामा १,९४६ जनामा कोरोना संक्रमण पुष्टि : २,५०३ जना कोरोना मुक्त

118

काठमाडौं । मुलुकभर कोरोना भाइरस एक हजार ९ सय ४६ जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार यहाँ जारी बुलेटिन अनुसार आठ हजार ७ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ८ सय १६ महिला र एक हजार १ सय ३० जना पुरुषमा कोरोना पुष्टि भएको हो । ती संक्रमित मध्ये प्रदेश १ का २ सय २७, प्रदेश २ का ३८, बागमती प्रदेशका ९ सय ७८, गण्डकी प्रदेशका ३ सय ९९, लुम्बिनी प्रदेशका २०९ , कर्णाली प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका ९३ जना रहेका छन । ती संक्रमितसँगै नेपालमा अहिलेसम्म दुई लाख ८ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएकोे छ ।

यस्तै विगत २४ घन्टामा दुई हजार ५ सय ३ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म एक लाख ७० हजार ६ सय ३२ जना निको भइ घर फर्किसकेका छन । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार ३६ हजार ४ सय ५२ जना सक्रिय संक्रमित रहेका छन । मन्त्रालयका अनुसार शनिबार १३ जनाको कोरोनाबाट निधन भएका छ । अहिलेसम्म संक्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार २ सय १५ पुगेको छ । उपत्यकामा ८ सय ३५ संक्रमण देखिएको छ । ती मध्ये ३ सय ७९ महिला र ४ सय ५६ जना पुरुष रहेका छन् । अहिलेसम्म उपचार गराइरहेका संक्रमितमध्ये ३ सय ७६ जना सघन उपचार कक्ष (आइसियू) र ७४ जनाको भेन्टिलेटरमा रहेका छन् ।

ती मध्ये आइसियूमा प्रदेश १ का ५३, प्रदेश २ का १३, बागमती प्रदेशका १ सय ३६ , गण्डकी प्रदेशका ९४, लुम्बिनी प्रदेशका ६५, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन । भेन्टिलेटरमा प्रदेश १ का १२ , प्रदेश २ का एक, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशका १३ र लुम्बिनी प्रदेशका चार जना रहेका छन । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन । शून्य संक्रमित रहेको जिल्ला एकमात्र मनाङ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा एक हजार ५७ जना र होम आइसोलेसनमा सात हजार ७ सय २० जना रहेका छन ।

बिमा गरेका व्यक्तिको खर्च सरकारले नब्यहोर्ने
सरकारले कोरोना भाइरस (कोभिड–१९)को बिमा गरेका व्यक्तिको खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै बिमा कम्पनीबाट कोभिड–१९ का बिमा गरेको व्यक्तिले सबै पिसिआर परीक्षण र उपचार खर्च सरकारले नव्यहोरी निजको बिमा रकमबाट व्यहोरिने जानकारी दिए । उनले कोभिड–१९ को पिसिआर परीक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड–१९ का लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार खर्च निःशुल्क गरिने जानकारी दिए ।

सर्वोच्च अदालतको आदेशपछि यही कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । यसअघि सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत रहेका कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च ब्यहोर्ने भएको थियो । सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचार खर्चमा आफै योगदान गर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...