पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग २-० ले पराजित

176

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बंगलादेशसँत पराजित भएको छ । नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको हो ।

बंगलादेशको राजधानी ढाकास्थित बंगाबन्धु रंगशालाामा शुक्रबार भएको खेलमा खेलको १०औं मिनेटमा बंगलादेशका लागि मोहमद नवीन नेवाज जीवनले पहिलो गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा खेलको ८०औं मिनेटमा महबुबुर रहमानले बंगलादेशका लागि दोस्रो गोल गरे ।

नेपालले मध्यान्तरअघि र त्यसपछिको खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । नेपालले पहिलो हाफको १७औं मिनेटमा गोल गर्ने मौका पाएको थियो । नेपालका नययुग श्रेष्ठले गरेको प्रहार गोल पोष्टमा पस्न सकेन । खेलको २५औं मिनेटमा नेपालका लागि रवि पासवान तथा खेलको २६औं मिनेटमा अञ्जन विष्टले प्रयास गरे पनि गोल भएन ।

यस्तै खेलको ३९औं मिनेटमा पनि विष्टले नै गोल गर्ने राम्रो मौका पाएका थिए । खेलको ५६औं मिनेटमा नेपालका पासवानले गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् । यसैगरी खेलको ७२औं मिनेटमा नेपालका भरत खवासले गरेको प्रहार गोलमा परिणत हुन सकेन । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आगामी मंसिर २ गते हुनेछ ।

तीन खेलाडीको डेब्यु
बंगलादेशसितको शुक्रबारको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेका छन् । डेब्यु गर्ने खेलाडीमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ छन् । विकासले खेलको प्रारम्भमै डेब्यु गरे । यस्तै एरिक खेलको ४२औं मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गर्दै गरे भने दर्शन गुरुङले खेलको ६८औं मिनेटमा दर्शन पासवानका स्थानमा मैदानमा प्रवेश गर्दै डेब्यु गरे ।

कोरोना भाइरसको महामारीका कारण नेपालले एक वर्षयता कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन । महामारीकै बीच बंगलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बंगलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...