एक थान भरुवा बन्दुक बरामद

272

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ कुइयागडा चुरे भावर वन क्षेत्रबाट सशस्त्र प्रहरीले बिहीबार एक थान भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्टको कमाण्डमा रहेको एरीया मोबाइल टोलीले भरुवा बन्दुक फेला पारेको हो ।

वन क्षेत्रमा बन्दुक पड्केको आवाज सुनिएपछि मोबाइल टोलीले चोरी शिकारीको आशंकामा खोजतलास गर्दा बन्दुक फेला पारेको गस्तीमा संलग्न सशस्त्र प्रहरीका जवानहरुले बताए । बन्दुक पडकाउनेहरु भागेकाले पक्राउ गर्न सकिएन ।

बन्दुक पड्काउनेहरु चोरी शिकारी गर्न वन क्षेत्रमा गएका व्यक्तिह हुनसक्ने बताइएको छ । बरामद बन्दुक जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । सोही ठाउको पहरीयाबाट सशस्त्र प्रहरीले गएराती अबैध काठसमेत बरामद गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...