मुखिया टोलको आगलागीमा ६ घर जलेर नष्ट

236

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहिस्थित मुखिया टोलमा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् । स्थानिय बतही देवी मुखियाको घरबाट सुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर बिहीबार दिउसो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

सो आगलागीबाट घरमा रहेको सरसामान विभिन्न, खाद्यन्न ,लत्ताकपडा, गरगहना लगायत जलेर नष्ट भएको छ । आगलागीमा करिब रु १४ लाख रुपैँया बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

केटाकेटीले पड्काएको पटाकाले लागलागी भएको प्रहरीको भनाइ छ । आगलागी स्थानीयवासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...