लागु औषधसहित तीन जना पक्राउ

160

तनहुँ । ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको प्रहरी टोलिले २ सय ८६ एम्पुल विभिन्न लागुऔषधसहित ३ जनालाई पक्राउ गरको छ । प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

शुक्लागण्डकी नगरपालिका-४ कोत्रस्थित गस्ति गर्ने क्रममा शंकास्पद रुपमा हिँडिरहेका तनहुँको व्यास नगरपालिका-४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका-५ बस्ने ३० वर्षिय मनोज क्षेत्री र गोरखा जिल्लाको आरुपोखरीथोक घर भई तनहुँको शुक्लागण्डकी नगरपालिका(२ हलेदी बस्ने ३० वर्षिय रवि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले लागुऔषध डाईजापाम-१०४ एम्पुल, नुफिन-८९ एम्पुल र फेनरागन-९३ एम्पुल गरि जम्मा २८६ एम्पुल लागुऔषध बरामद गरेको छ ।

पक्राउ परेका सबैजनालाई लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...