‘स्वर्गीय लामा कम्युनिष्ट आन्दोलनको बिर्सनै नसकिने नाम हो’

232

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वर्गीय वीरबहादुर लामा नेपाली कम्युनिष्ट आन्दोलनको बिर्सनै नसकिने नाम भएको बताएका छन् । पुराना वाम नेता लामाको निधनपछि आइतबार एक शोक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले लामासँग एकै कमिटीमा रहेर गरेका सहकार्य कहिलै भुल्न नसकिने उल्लेख गरे ।

“नेपालको कम्युनिष्ट आन्दोलनका एकजना क्रान्तिकारी तथा सशक्त योद्धा, मकवानपुरबाट निर्वाचित पूर्वसांसद, तत्कालीन जिल्ला विकास समितिका सभापति, नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का जेल ब्रेकर तथा तत्कालील नेकपा एमालेका केन्द्रीय सदस्यसमेत भइसकेका लामाको निधनको खबरले मर्माहत भएको छु, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।

पौडेलले सन्देशमा भनेका छन्, “नेपाली कम्युनिष्ट आन्दोलनमा बिर्सनै नसकिने नाम हो वीरबहादुर लामा, विगतमा तपाईंसँग लामो समय एउटै कमिटीमा रहेर गरेको सहकार्यको क्षण कहिल्यै भूल्न सकिँदैन, सदैव सम्झिरहने छौं ।”

Share This:
सम्बन्धित खबर
Loading...