हैदराबाद ६ विकेटले विजयी : आइतबार दिल्लीसँग फाइनल प्रवेशका लागि खेल्ने

170

काठमाडाैं । युएइमा जारी १३औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएकाे छ । शुक्रबार भएकाे खेलमा हैदराबादले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेकाे हाे । जितसँगै हैदराबादले क्वालिफायर-२ मा दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशका लागि भिड्ने भएकाे छ ।

१ सय ३२ रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले २ बल बाँकी रहँदा पुरा गर्दै ६ विकेटकाे जित हात पारेकाे हाे । हैदराबादकाे जितमा केन विलियम्सन र ज्यासन हाेल्डरले अविजित ५० र २४ रनकाे पारी खेले । यस्तै, मनिष पाण्डेले २४ तथा डेविड वार्नरले १७ रनकाे याेगदान दिए ।

बेङ्गलाेरका माेहम्मद सिराजले २ तथा युजवेन्द्र चाहल र एडम जाम्पाले समान एक-एक विकेट लिए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा १ सय ३१ रन बनाएकाे थियाे । बेङ्गलाेरका लागि एबी डि भिलियर्सले सर्वाधिक ५६ रनकाे पारी खेले ।

यस्तै, आराेन फिन्चले ३२ रन तथा माेहम्मद सिराजले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंकमा रन बनाउन सकेन ।

हैदराबादले आइतबार फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग क्वालिफायर-२ मा खेल्नेछ भने पराजित बेङ्गलाेर प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...