पछिल्लो २४ घन्टामा थप २,९०९ जनामा कोरोना पुष्टि : ४,५०० जना संक्रमणमुक्त

126

काठमाडौं । थप दुई हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको सङ्ख्या एक लाख ८८ हजार ८ सय ८३ पुगेको छ । थप १० हजार १ सय ५३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५२ हजार ९ सय ८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर चार हजार पाँच सय संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १५ लाख १७ हजार ३ सय ४३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाडौं उत्यकामा थप एक हजार ३ सय ३८ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ३०, ललितपुरका १ सय ८७ तथा भक्तपुरका १ सय २१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

कोरोनाबाट थप १८ जनाको मृत्यु
कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मर्नेको संख्या १० हजार ७० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...