कोरोना संक्रमणबाट वडाध्यक्ष शाहको मृत्यु

230

सुदूरपश्चिम । कोरोना संक्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन् । बिरामी भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...