उत्तर कोरियामा सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिवन्ध

223

एजेन्सी । उत्तर कोरियामा नयाँ दुई ओटा कानून कार्यान्वयनमा ल्याइएको छ । एउटा कानूनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानूनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिइएको छ ।

कोरियाली केन्द्रिय समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचारअनुसार दोस्रो कानूनमा व्यवसायीहरुलाई थप जग्गा जमिन, उर्जा र खर्च बचत गर्नुपर्ने उल्लेख गरिएको छ । उत्तर कोरियाको संसदका उच्च सदस्यहरु, सर्वोच्च जनसभालगायतको बैठकले बुधबार दुवै कानूनलाई स्विकृत गरेको जनाइएको छ ।

उत्तर कोरियामा धुम्रपान गर्नेहरुको अनुपात उच्च रहेको छ । कुल सङ्ख्याको ४३.९ प्रतिशत पुरुषले धुम्रपान गर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१३ को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...