कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते बस्ने

138

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ ।

यस अघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बिहीबार भएको बैठकमा सहभागीहरुले बोल्ने क्रम जारी रहेकाले सो बैठक भोलि पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा १२ः३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...