दुई लाख नगदसहित सात जुवाडे पक्राउ

298

तनहुँ । तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब रु दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटलबाट मंगलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जुवाडेको साथबाट रु एक लाख ९७ हजार ९ सय ५० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । जुवा खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा खटिइ गएको टोलीले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उपरीक्षक पौडेलले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका–११ बस्ने दीपक श्रेष्ठ, दीपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० बस्ने मोतीकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ बस्ने टेक छन्त्याल र पर्वत जिल्लाको बालकोट– ४ बस्ने रवि गुरुङलाई नियन्त्रणमा लिइएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...