बट्टाइ पालन व्यावसायमा रमाउँदै भूपू सैनिक गुरुङ

477

लमजुङ । बेँसीशहर नगरपालिका–७ का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाइ चरा पाल्न थालेका छन् । भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उनले आफ्नै घरमा सुरु गरेको यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग हुने भएकाले यसलाई व्यावसायिकरूप दिन थालेका हुन् ।

पछिल्लो समय बट्टाइको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी रू ५० लाख लगानी गरेर ७ सय वटा बट्टाइ अट्ने खोर निर्माण गरी पहिलो चरणमा २ सय वटा चल्लाबाटै व्यवसाय सुरु गरेको उनको भनाइ छ । गुरुङ भन्छन्, “राम्रो हुँदै गएमा आगामी दिन यो व्यवसायलाई विस्तार गर्दै लानेछु । अहिले चल्ला ठूलो भएर अण्डा उत्पादन गर्न थालेको र बिक्री वितरणसमेत सुरु भैसकेको छ । दैनिक एक हजार अण्डा उत्पादन भइरहेको र अण्डासँगै माउ पनि बिक्री हुन थालेको छ ।”

अहिले बट्टाइको अण्डा प्रतिगोटाको रु१०देखि रु १५सम्म पर्छ । त्यस्तै एक जोडी माउको रु ५ सय पर्छ । बट्टाइको अण्डा तथा मासु स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पछिल्लो समय यसको माग पनि बढेको हो । सामान्यत बट्टाइले ४० दिनदेखि ४४ दिनभित्र अण्डा दिने गरेको छ । यसको अण्डा तथा मासुले विभिन्न प्रकारका रोगसमेत निको हुने बताइएकाले स्थानीयबासीको रोजाइमा पनि उक्त चराको अण्डा तथा मासु पर्न थालेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...