धरानमा आजदेखि जिपलाइन खेल सुरु

155

धरान । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (र्‍याफ्टिङ) सुरु गरे पछि अन्य साहसिक खेल पनि सुरु हुन थालेका छन् ।

पाराग्लाडिङ पछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जिपलाइन खेल सुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको जिपलाइन खेल सात महिनापछि सोमबारदेखि सुरु भएको छ । वर्ल्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालन गरेको खेल लकडाउन भए पछि बन्द भएको थियो ।

भेडेटारमा २ वर्ष अध्ययन गरेर करिब ३ करोड लगानीमा जिपलाइन सुरुवात गरेको सञ्चालक मध्येका एक विवस भण्डारीले जानकारी दिए । उनका अनुसार जिपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३०/४० सेकेण्ड लाग्छ । क्लासिक, सुपरम्यान र कपल जिपफ्लाइङ गरी तीन प्रकारको सुविधा दिइदै आएको छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन भने सुपरम्यानमा उडे झै गरी फ्लाइङ गर्छन । त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्छन् । क्लासिकको एक हजार दुई सय, सुपरम्यानको एकहजार पाँच सय र कपलको एकहजार आठ सय रुपैँया मूल्य तोकिएको छ ।

तारको क्षमता ११ हजार किलो भारको छ । सेफ्टी बेल्ट(हार्नेस) २२ देखि २७ सय केजी भार र क्याराविनरको भार क्षमता पनि २७ सयकेजीसम्मको रहेको कम्पनिले जनाएको छ । साहसिक पर्यटकहरुको ५ लाखका बीमा पनि भएकोले सुरक्षाको चिन्ता लिन नपर्ने सञ्चालक बताउँदछन् ।

नेपालमा हुँदै आएका १६ वटा साहसिक खेलमध्ये पाँच÷छ वटा खेल धरानमा सम्भावना रहेको धरान उपमहानगरपालिकाका पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङले जानकारी दिए । उनका अनुसार धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ विपलाइन, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ । साइकिलिङ बोटिङ खेल निजीस्तरबाट भइरहेका छन् । धरानका युवा व्यवसायी मदन ढकालले धनकुटाको मुलघाटबाट चतरासम्म जलयात्रा (र्‍याफ्टिङ) सेवा दिदै आएको छ । छोटी मोरङ र दानाबारीबाट पाराग्लाइडिङको उडान भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...