नेपाली र अंग्रेजी भाषामा एकरुपता गर्न निर्देशन

296

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अंग्रेजीमा नेपाल प्रयोग गर्न निर्णय गरेको छ । नियोगले नेपालको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अंग्रेजीमा Federal Democratic Republic Of Nepal प्रयोग गर्दै आइरहेका थिए ।

मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ । State को सट्टा Province, Village Body को सट्टा Rural Municipality प्रयोग गर्न भनिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...