सुर्खेतमा उपचाररत ३२ वर्षीय कोरोना संक्रमितको मृत्यु

126

कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो ।

दसैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो । ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको बताइएको छ ।

ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

प्रदेशभर संक्रमितको सङ्ख्या पाँच हजार ८ सय ५३ रहेको छ भने चार हजार ९ सय ५८ जना कोरोनामुक्त भइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...