सामुदायिक विद्यालय सुधारका लागि अक्षयकोष

179

डोटी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खगेन्द्रबहादुर साउदले दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित तेडी माध्यमिक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् ।

सो नगरपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा रु एक लाख दिने प्रतिबद्धतानुसार डोटी चेम्बर्स अफ कमर्शका अध्यक्ष साउदले आफ्ना आमा इन्द्रादेवी साउद र बुबा खड्गबहादुर साउदको नाममा उक्त चेक नगरका वडा नम्बर ९ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर साउदलाई हस्तान्तरण गरेका हुन् । नगरपालिकामा ५० सामुदायिक विद्यालय छन् ।

‘राष्ट्रकालागि योगदान’ संस्थाका जिल्ला संयोजक दीपेन्द्र खड्काले सोही विद्यालयमा रु पाँच हजार ५ सय र नेपाल स्वयंसेवक संघ जिल्ला कमिटीका संयोजक धनबहादुर कुमालले रु १० हजार रकम सहयोग गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...