भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७२ हजार नाघ्यो

224

नयाँदिल्ली, सिन्ह्वा । भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ ।

शुक्रबार साँझसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना संक्रमित संख्या ७३ लाख ७२ हजार ३ सय ९४ भएको छ । यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १२ हजार २ सय १४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ६० हजार ४ सय ३९ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ८ सय ३५ जनाको मृत्यु भएको छ । भारतमा गत सेप्टेम्बर २८ बाट अक्टोबर १० सम्म अर्थात १३ दिनमा कोभिड १९ संक्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।

अझै पनि भारतभरि ८ लाख ७ हजार १ सय २६ व्यक्ति संक्रिय संक्रमित रहेका छन् । कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६५ लाख ५३ हजार ५४ जना संक्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

कोरोनाको संक्रमण देखा परेयता भारतमा ९ करोड २२ लाख ५४ हजार ९ सय २७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसिएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ , ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९२ लाख ५२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । कूल संक्रमितमध्ये दुई करोड ९४ लाख २२ हजार ४ सय ११ जना संक्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।

संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६३ लाख १ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...