प्याट कमिन्सको अर्धशतकीय पारीको मद्धतमा कोलकात्ताद्वारा मुम्बइलाई १४९ रनको लक्ष्य

286

काठमाडौं । १३औँ संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत कोलकात्ता नाइट राइडर्सले मुम्बइ इन्डियन्सलाई १ सय ४९ रनको लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियममा जस जितेर पहिले ब्याटिङ गरेको कोलकात्ताले १ सय ४८ रन बनाएको थियो ।

छैटाैँ विकेटका लागि कप्तान इयान माेर्गान र प्याट कमिन्सले ८७ रनकाे साझेदारी गरेपछि काेलकात्ताले १ सय ४८ रनकाे सम्मानजनक याेगफल बनाएकाे हाे ।

कमिन्सले नटआउट ५३ तथा माेर्गानले ३९ रनकाे पारी खेले । कमिन्सले ३६ बल खेल्दै २ छक्का र ५ चाैकाकाे सहयाेगमा ५३ रन बनाए । यस्तै, शुभमन गिलले २१ तथा आन्द्रे रसेलले १२ रन जाेडेका थिए ।

मुम्बइका राहुल चाहरले २, ट्रेन्ट बाेल्ट, जसप्रीत बुम्राह र नाथान कुल्टर नीलले समान एक-एक विटेक लिए ।

समान सात खेल खेलेकाे दुवै टाेलीमा मुम्बइ १० अंकसहित तालिकाकाे दाेस्राे र काेलकात्ता ८ अंकसाथ चाैथाे स्थानमा रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...