आइपिएल २०२० : पञ्जावकाे विशाल जित, बेङ्गलोर ८ विकेटले पराजित

423

काठमाडौं । १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किङ्स इलावेन पञ्जाव विजयी भएको छ । प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा पञ्जावले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ८ विकेटले पराजित गर्यो ।

१ सय ७२ रनको लक्ष्य पच्छाएको पञ्जावले अन्तिम बलमा पुरा गर्यो । पञ्जावकाे जितमा कप्तान लाेकेश राहुलले नटआउट ६१ रन तथा क्रिस गेलले ५३ रनकाे पारी खेले । अन्तिम ओभरमा जितका लागि २ रन चाँहिएको अवस्थामा बेङ्गलोरका युजवेन्द्र चाहल बलिङमा  आए । उनकाे पहिलाे र दाेस्राे बलमा गेलले खेल्न सकेन भने तेस्राे बलमा एक रन लिँदै स्ट्राइक राहुललाई दिए ।

राहुलले पनि चाैथाे बलमा रन लिन सकेन । यस्तै पाँचाै बलमा एक रन लिने क्रममा देवदत्त पडिक्कलले सिधै बल किपरकाे हातमा दिए जसलाई एबी डि भिलियर्सले स्ट्राइक इन्डमा सिधै गेललाई रनआउट गरे । अन्तिम बलमा निकाेलास पूरनले छक्का प्रहार गर्दै पञ्जावलाई ८ विकेटकाे विशाल जित दिलाए ।

प्रतियोगितामा क्रिस गेलले सात खेल पछि पहिलो पटका आइपिएलको खेल खेलेका  हुन् । तेस्रो नम्बरमा ब्याटिङमा आएका गेलले ४५ बल खेल्दै ५३ रन बनाए ।

आइपिएलमा गेल तेस्रो पटक बिना ओपनर ब्याटिङमा उत्रिए । यसअघि २०१० र २०१२ मा गेलले तेस्रो र चौथो नम्बरमा ब्याटिङ गरेका थिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको बेङ्गलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

पावरप्लेमा राम्रो सुरुवात गरेको बेङ्गलोरले पहिलो ६ ओभरमा ५७ रन जोडेको थियो । टोलीका लागि सर्वाधिक रन कप्तान विराट कोहलीले बनाए । उनले ३९ बलमा ३ चौकासहित ४८ रन जोडे । यस्तै, शिभम् दुवेले २३, आरोन फिन्चले २०, देवदत्त पडिक्कले १८, वासिङटन सुन्दरले १३ रनको पारी खेले ।

यसैगरी क्रिस मोरिस र इरुसु उदनाले नटआउट २५ तथा १० रनको योगदान दिए ।

पञ्जावका मुरुगन आश्विन र मोहम्मद शामीले २-२ तथा अर्शदीप सिंह र क्रिस जोर्डनले एक-एक विकेट लिए ।

यसअघिको पहिलो लिगमा पनि पञ्जाव ९७ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

बेङ्गलोरमाथि जित हात पारेको पञ्जावले ८ खेलबाट ४ अंक जोड्दै पुछारमा रहेको छ भने पराजित बेङ्गलोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...